पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि सवारी भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।

महासङ्घका महासचिव डेकनाथ गौतमले जारी विज्ञप्तिमा पेट्रोलियम पदार्थमा गएको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले भने, “प्रत्यक्ष उपभोक्ता यातायात व्यवसायी र यात्रुको हितलाई ध्यानमा राखेर मूल्यवृद्धि गर्नु पर्ने थियो, अचानक भारी वृद्धि गर्दा सेवा सञ्चालनमा कठिनाइ परेका छन्।”

महासङ्घले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट नियन्त्रण गरी वैज्ञानिक विधिबाट इन्धन आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।

नेपाल आयल निगमले गएराति डिजेलमा रु १० र पेट्रोलमा रु १५ मूल्य वृद्धि गरेको थियो। महासङ्घले सङ्घीय रुट र प्रदेशस्तरीय भाडा यथाशीघ्र समायोजन गर्न समेत माग गरेको छ।

Logo