कांग्रेसका पूर्वसांसद चालिसेलाई ५ लाख धरौटीमा छाड्ने आदेश

कांग्रेसका पूर्वसांसद चालिसेलाई ५ लाख धरौटीमा छाड्ने आदेश

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । अवैध सम्पत्ति आर्जनसम्बन्धि भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग भएको छ ।

सोमबार बिशेष अदालतमा उपस्थित भएका चालिसेको अदालतले बयान लिएपछि थुनछेक आदेश दिएको हो।

न्यायाधीशहरू नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सो आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो।

उनी गोकर्णेश्वर नगरपालिकामा पूर्वमेयर समेत हुन्। मेयर भएकै समयमा उनले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।

Logo