बागमती प्रदेश लोक सेवा आयोगको सदस्यमा पुनम घिमिरे नियुक्त

बागमती प्रदेश लोक सेवा आयोगको सदस्यमा पुनम घिमिरे नियुक्त

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगको रिक्त सदस्य पदमा पुनम घिमिरे नियुक्त भएकी छन्। सोमबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले घिमिरेलाई आयोगको सदस्य पदमा नियुक्त गरेका हुन्।

नियुक्ति प्रक्रिया प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) अन्तर्गत गठित सिफारिस समितिको सिफारिस र दफा ४ को उपदफा (२) अनुसार पूरा गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

नियुक्तिपछि  उनलाई आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ दिलाएका थिए। कार्यक्रममा इन्द्रबहादुर बानियाँ, किरण थापा मगर, जयराम थापा लगायतको उपस्थित रहेको थियो।

Skip This
Skip This
Logo