हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै यसपटकको संसद्मा ग्ल्यामर र राजनीतिबीचको रोचक समीकरण देखिएको छ। विगतमा सीमित रूपमा मात्र देखिने कलाकर्मीहरूको राजनीतिक सहभागिता यसपटक भने निकै व्यापक र आकर्षक देखियो । सुशासन, परिवर्तन र देश निर्माणको नारासहित चुनावी प्रतिस्पर्धामा होमिएका यी कलाकारमध्ये केहीले उल्लेखनीय सफलता प्राप्त गरे भने केहीको संसद् यात्रा चर्चामा मात्र सीमित भए । निर्वाचनअघि प्रत्यक्ष र समानुपातिक गरी विभिन्न दलका करिब आठ जना चर्चित कलाकार संसद् पुग्ने सम्भावनामा देखिएका थिए । तर प्रत्यक्ष निर्वाचनको परिणाम र त्यसपछिको समानुपातिक सिफारिस प्रक्रियाले गर्दा अन्ततः पाँच जना मात्र कलाकार संसद् भवन प्रवेश गर्ने अवस्थामा पुगेका छन्।
बाँकी भिडियोमा-





























प्रतिक्रिया