काठमाडौँ । देशमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएकाले केही प्रदेशमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा आज आंशिकदेखि सामान्य बदली रहनेछ। साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि मौसम बदली हुने सम्भावना छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित हल्का वर्षा हुनसक्ने बताइएको छ।
राति भने गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
मौसमविद्हरूले हिमाली तथा पहाडी क्षेत्रमा चट्याङ र हल्का वर्षाको सम्भावना रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।





























प्रतिक्रिया