अचार बेचेर मासिक २५ हजार आम्दानी

अचार बेचेर मासिक २५ हजार आम्दानी

केन्द्रबिन्दु
30
Shares

घोराही। लमही नगरपालिका–५ की आशारानी चौधरीले विगत १३ वर्षदेखि अचार व्यवसाय गर्दै आएकी छन्। उनी अहिले घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आफ्ना अचार बिक्रीका लागि सहभागी भएकी छन्।

आशारानीले तामा, हरियो खुर्सानी, करेला, मेथी, आँपलगायतका अचार उत्पादन गर्छिन्। उनका अनुसार आँपको अचार सबैभन्दा बढी बिक्री हुन्छ र व्यवसायबाट मासिक २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी छिन्।

सुरुवातमा स्वान नेपालबाट तालिम लिएकी आशारानी अहिले उत्पादनका साथै महिलालाई तालिम दिने काममा पनि संलग्न छिन्। उनी आफ्नो अचार उद्योगका लागि आँप एक वर्षअघि नै मौज्दात राख्ने गर्छिन्।

आशारानीका अनुसार महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सीपमा जोडिनु जरुरी छ। उनले आफ्ना अचारमा कुनै रासायनिक पदार्थ प्रयोग नगर्ने र उत्पादन गुणस्तरीय हुने बताउँदै स्थानीय नागरिकलाई आफ्नै गाउँघरमा उत्पादन भएको अचार प्रयोग गर्न सुझाइन्

मेलामा ग्राहकको मुख्य रोजाइ मिक्स अचार रहेको छ। आशारानीले महिलाका लागि व्यवसायिक अवसर सिर्जना गर्न स्थानीय सरकारको पहल आवश्यक रहेकोमा जोड दिएकी छन्।

Logo