सल्यानमा प्रहरी सक्रियता : १६ फरार प्रतिवादी समातिए

सल्यानमा प्रहरी सक्रियता : १६ फरार प्रतिवादी समातिए

केन्द्रबिन्दु
9
Shares

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले पछिल्लो एक महिनामा सुरक्षा तथा अपराध नियन्त्रणका गतिविधि तीव्र बनाएको जनाएको छ। यस अवधिमा विभिन्न मुद्दाका १६ जना फरार प्रतिवादी पक्राउ गरिएको छ।

प्रहरीका अनुसार फागुन महिनामा १५ नयाँ मुद्दा दर्ता भएका छन् भने पुराना र नयाँ गरी २२ मुद्दा टुंग्याइएको छ। साथै, विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेका १६ नाल भरुवा बन्दुक बरामद गरिएको छ।

सवारी दुर्घटना न्यूनीकरणका लागि २४१ सवारीसाधनलाई कारबाही गरिएको छ, जसबाट २ लाख १२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।

प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा बालुवा बोकेको एक ट्याक्टर नियन्त्रणमा लिइएको छ।

प्रहरीले सामाजिक क्षेत्रमा पनि गतिविधि बढाएको जनाएको छ। आत्महत्या न्यूनीकरण, बालविवाह, लागूऔषध र साइबर अपराधविरुद्ध ४८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा २ हजारभन्दा बढी नागरिक सहभागी भएका छन्।

स्थानीयवासीले भने आत्महत्या र साइबर अपराध बढ्दै गएको विषयमा चिन्ता व्यक्त गर्दै थप नियन्त्रणको माग गरेका छन्। प्रहरीले गस्ती र सूचना संकलनलाई थप प्रभावकारी बनाएको जनाएको छ।

Logo