काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गुण्डु पुगेर पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
पौडेलले त्यहाँ पुगेर ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण पनि प्रकट गरेका छन्।
ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो । ओलीलाई समवेदना दिन यसअघि प्रधानमन्त्री सुशीला कार्की, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत नेताहरु पनि गुण्डु पुगेका थिए ।





























प्रतिक्रिया