हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

केन्द्रबिन्दु
6
Shares

टक्सार । हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ । हावाहुरीले भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाएको हो ।

सोमबार रातिको हावाहुरीले ब्यारेकका छाना उडाएपछि बसोवासमा समस्या भएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाले जानकारी दिए । उनका अनुसार हावाहुरीसँगै वर्षा हुने भएकाले कार्यरत सुरक्षाकर्मीलाई सहज रूपमा बसोबासमा समस्या भएको हो ।

हावाहुरीले भोजपुरमा भौतिक संरचनामा बढी क्षति पुर्‍याएको छ । जिल्लामा घरका छाना, विद्यालयका छाना, स्वास्थ्य संस्था, रेडियो टावर, नेपाल टेलिकमको टावर लगायतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । उनका अनुसार अहिले क्षतिको विवरण संकलन भइरहेको छ ।

हावाहुरीले भौतिक संरचनामा क्षति पुर्‍याएकाले विवरण संकलन भएपछि राहतका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरिने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए । स्थानीय तहहरूले राहत तथा विवरण संकलन गरिरहेका छन् ।

Logo