रास्वपाको ‘फास्ट ट्र्याक’ प्रशिक्षण: सांसदलाई छिटो परिणाम दिन तयार पारिँदै

रास्वपाको ‘फास्ट ट्र्याक’ प्रशिक्षण: सांसदलाई छिटो परिणाम दिन तयार पारिँदै

समापनमा सभापति लामिछानेले सम्बोधन गर्ने

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदलाई ‘फास्ट ट्र्याक’मा तयार पार्न अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा भइरहेको दुईदिने कार्यक्रममा बुधबार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी हुनेछन् ।

मंगलबार सुरु भएको कार्यक्रममा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले उद्घाटन गरेका थिए । पहिलो दिन अनुपस्थित रहेका लामिछानेले आज पार्टीको रणनीति, प्राथमिकता र आगामी कार्यदिशाबारे स्पष्ट धारणा राख्ने कार्यक्रम छ ।

रास्वपाले आफ्ना सांसदलाई छोटो समयमै प्रभावकारी बनाउन संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषणदेखि जनप्रतिनिधिको भूमिकासम्मका विषयमा प्रशिक्षण दिइरहेको छ । पार्टीका अनुसार यो कार्यक्रम ‘परिणाम दिने सांसद’ तयार गर्ने लक्ष्यसहित आयोजना गरिएको हो ।

अभिमुखीकरणमा पूर्वसचिव, आईटी विज्ञ र विभिन्न क्षेत्रका विशेषज्ञहरूले प्रशिक्षण दिनेछन् भने यसअघि संसदमा अनुभव बटुलेका नेताहरूले आफ्ना अनुभव पनि सुनाउने कार्यक्रम छ ।

Logo