एजेन्सी। संयुक्त अरब इमिरेट्स (यूएई) – इरान र इजरायलबीचको द्वन्द्व चर्किँदै गर्दा यूएईको अल मिन्हादस्थित अस्ट्रेलियाली सैन्य आधारमा इरानी क्षेप्यास्त्र खसेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले घटनाको आधिकारिक पुष्टि गर्दै बताए कि कुनै पनि अस्ट्रेलियाली सैनिक घाइते भएका छैनन् र सबै सुरक्षित छन्। तर क्षेप्यास्त्रले आधारसम्म जाने सडकमा सानो आगलागी गराएको र नजिकैका आवास गृह तथा उपचार केन्द्रमा सामान्य क्षति पुगेको छ ।
इरानले आफ्ना सुरक्षा प्रमुख अली लारीजानीको हत्या र इजरायलमाथि प्रतिशोध स्वरूप सैन्य कारबाही गर्दै आएको छ। यसले नजिकैका विदेशी सैन्य अखडामा समेत असर पु¥याएपछि पश्चिम एसियामा अन्य विदेशी सैन्य स्थलहरूमा सतर्कता बढाइएको छ ।
विश्लेषकहरूका अनुसार, छिमेकी देशमा परेकाले क्षेत्रीय सुरक्षा चुनौती थपिएको छ र द्वन्द्व विस्तारको जोखिम बढेको छ ।































प्रतिक्रिया