सुन-चाँदीको मूल्य घट्यो,कतिमा भइरहेछ त कारोवार ?

सुन-चाँदीको मूल्य घट्यो,कतिमा भइरहेछ त कारोवार ?

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। बुधबार सुनको मूल्य तोलाको ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको ३ लाख ९ हजार ९०० रुपैयाँभन्दा २ हजार २०० रुपैयाँ कम हो।

त्यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले घटेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी ५ हजार ३३५ रुपैयाँमा रहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा यस्तो मूल्य गिरावटले लगानीकर्ता र उपभोक्तामाझ सचेत रहन आवश्यक भएको छ।

Skip This
Skip This
Logo