एजेन्सी। इजरायलले लेबनानमा आक्रमण तीव्र बनाउँदै छ। पछिल्ला हवाई हमलाहरू सैदा जिल्लाको अल–अकिबिया र नजिकैको कनारित शहरलाई लक्षित गर्दै भएको थियो।
लेबनान स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी बेरुतमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ। त्यस्तै, दक्षिणी र पूर्वी क्षेत्रमा भएको हवाई हमलामा ११ जनाको मृत्यु र नौ घाइते भएका छन्।
स्थानीय अधिकारीहरूले इजरायलको लगातार आक्रमणले क्षेत्रीय सुरक्षा र मानव जीवनमा गम्भीर असर परेको बताएका छन्। अन्तर्राष्ट्रिय समुदायले पनि तत्काल शान्ति पहल आवश्यक भएको चेतावनी दिएका छन्।
विशेषज्ञहरूले भनेका छन् कि हालको अवस्था लेबनान–इजरायल द्वन्द्वलाई नयाँ उचाइमा पु¥याएको छ र नागरिक सुरक्षा चुनौतीपूर्ण भएको छ।





























प्रतिक्रिया