पाकिस्तानको हवाई आक्रमणले काबुल अस्पतालमा ४ सयको मृत्यु, २५० घाइते

पाकिस्तानको हवाई आक्रमणले काबुल अस्पतालमा ४ सयको मृत्यु, २५० घाइते

केन्द्रबिन्दु
30
Shares

काबुल । अफगानिस्तानको राजधानी काबुलमा पाकिस्तानको वायुसेनाले एक लागूऔषध दुव्र्यसनी उपचार अस्पताललाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ। अफगान अधिकारीहरूले कम्तीमा ४ सय व्यक्तिको मृत्यु र करिब २५० घाइते भएको पुष्टि गरेका छन्।

अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरतले सोमबार सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा अस्पतालमा राति करिब ९ बजे भएको आक्रमणले २ हजार शय्याको ओमिद एडिक्सन ट्रिटमेन्ट अस्पताललाई ध्वस्त पारेको जानकारी दिएका छन्। उनले हताहत हुनेको संख्या अझै बढ्न सक्ने चेतावनीसमेत दिएका छन्।

पाकिस्तानले भने आक्रमणलाई खण्डन गर्दै अफगानिस्तानमा आतंकवादी पूर्वाधार र सैन्य प्रतिष्ठानलाई लक्षित गरिएको बताएको छ। पाकिस्तानका सुरक्षा अधिकारीहरूले काबुल र नान्गाहार प्रान्तमा गोलाबारुद भण्डारण र प्राविधिक उपकरणको लक्ष्यमा सटिक हवाई कारवाही गरिएको दाबी गरेका छन्।

गत महिनाको अन्त्यदेखि सीमा क्षेत्रमा सुरु भएको झडपपछि अफगान–पाकिस्तान तनाव तीव्र बढेको छ। दुवै पक्षका अधिकारीहरूले दर्जनौँ नागरिक र सैनिक मारिएका र घाइते भएको जानकारी दिएका छन्।

विशेषज्ञहरूले यस घटनालाई क्षेत्रीय सुरक्षा र मानवअधिकारका दृष्टिले गम्भीर चेतावनीको रूपमा मूल्याङ्कन गरेका छन्।

Skip This
Skip This
Logo