काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सीताराम गोकुल मिल्क्सलाई कारबाही गरेको छ । विभागले २ चैतमा कम्पनीको स्थलगत अनुगमन गरी कारबाही गरेको हो ।
विभागका अनुसार उक्त कम्पनीको प्याकेट प्रशोधित दुध सरकारले तोकेको गुणस्तरभन्दा कम पाइएको थियो । दुधको चिल्लो पदार्थ तीन प्रतिशत हुनुपर्नेमा १.४ प्रतिशत मात्रै रहेको पाइएको थियो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, ०८१ बमोजिम गुणस्तहीन ५१९ क्रेट बिक्री–वितरण नगर्ने निर्देशनसहित रोक्कासमेत गरिएको विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले बताइन् । साथै, विभागले थप अनुसन्धान तथा प्रयोगशाला परीक्षणका लागि उक्त ब्याचको दुधको नमुना संकलनसमेत गरेको छ ।































प्रतिक्रिया