काठमाडौँ । उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ। उदयपुरगढी गाउँपालिका– ६ स्थित कटारी चोकमा बिहान करिब १०:४५ बजे भएको दुर्घटनामा एकजनाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा.४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलचालक खोटाङको बराहपोखरी गाउँपालिका– ५ का करिब ३० वर्षीय भूपाल राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार रहेका टिपरचालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।





























प्रतिक्रिया