बुटवल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले मुलुकमा अनियमितता रोक्न प्रदेश तथा स्थानीय निकाय तर्फ अख्तियारको विशेष ध्यान केन्द्रित हुनु पर्नेमा जोड दिएका छन् । "/>

प्रदेश र स्थानीय निकायमा अख्तियारले निगरानी बढाउने

प्रदेश र स्थानीय निकायमा अख्तियारले निगरानी बढाउने

केन्द्रबिन्दु
0
Shares

बुटवल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले मुलुकमा अनियमितता रोक्न प्रदेश तथा स्थानीय निकाय तर्फ अख्तियारको विशेष ध्यान केन्द्रित हुनु पर्नेमा जोड दिएका छन् ।

आयोग कार्यालय बुटवलको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले प्रदेश तथा स्थानीय निकाय माताहतमा रहने कर्मचारी, राजनीतिक दलका पदाधिकारीका कारण अनियमितता, अपारदर्शिता बढ्न सक्ने बताए । यसका लागि कर्मचारी विशेष चनाखो हुनु पर्ने उनको भनार्इ छ । सिंहदरबारको अधिकार घरदैलोमा आएको अवस्थामा जनतामा सन्तुष्टि देखिएको चर्चा गर्दै आयुक्त बस्न्यातले सो सन्तुष्टि तथा पारदर्शिता कायम राख्नु पर्नेमा जोड दिएका थिए ।

उनले जनताका अपेक्षा पूरा गर्न पनि कर्मचारीलाई निर्देशन दिए । सुशासन कायम गर्ने संवैधानिक निकायका रूपमा अख्तियार रहेको उल्लेख गर्दै प्रमुख आयुक्त बस्न्यातले जनताको आशा र विश्वासको धरोहर अख्तियारको गरिमा कायम राख्नु पर्नेमा जोड दिए । अख्तियारलाई प्रदेश संरचनामा विस्तार गरिने आयुक्त बस्न्यातले बताए । उनले भने, ‘त्यसका लागि आवश्यक तयारी गर्दै अघि बढ्नेछौँ ।’
नयाँपत्रिकाबाट

Logo