काठमाडौं
नेपाली काँग्रेसको शीर्ष नेताको बैठकले तीन वटा महत्वपूर्ण निर्णय गरेको छ । बिहीबार बसेको बैठकले विधान मस्यौता समिति गठन, प्रदेशमा संसदीय दलको नेता चयन र कार्यसमिति गठनको लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि तोक्ने निर्णय गरेको छ । "/>

कांग्रेसका शीर्ष नेताको बैठक सम्पन्न : तीन महत्वपूर्ण निर्णय

कांग्रेसका शीर्ष नेताको बैठक सम्पन्न : तीन महत्वपूर्ण निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेपाली काँग्रेसको शीर्ष नेताको बैठकले तीन वटा महत्वपूर्ण निर्णय गरेको छ । बिहीबार बसेको बैठकले विधान मस्यौता समिति गठन, प्रदेशमा संसदीय दलको नेता चयन र कार्यसमिति गठनको लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि तोक्ने निर्णय गरेको छ । बैठकले मिनेन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समितिको गठन भएको छ । विधान मस्यौदा समितिमा कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेल र सचिव केशव रिजाल सदस्य रहेका छन् ।

प्रदेशको संसदीय दलको नेता चयन र कार्यसमिति गठनको लागि सात वटै प्रदेशमा १,१ गरी ७ केन्द्रीय प्रतिनिधि तय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार प्रदेश १ का मिनेन्द्र रिजाल, प्रदेश २ मा विमलेन्द्र निधि, प्रदेश ३ मा डिना उपाध्याय , प्रदेश ४ मा गोविन्द भट्टराई प्रदेश ५ मा बालकृष्ण खाँड , प्रदेश ६ मा हृदयराम थानी र प्रदेश ७ मा एनपी साउदलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।

प्रदेशमा प्रभावकारी भुमिका निभाउन सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम तत्कालै सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको उनले बताए । बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताको सहभागिता रहेको थियो ।
अन्नपूर्णबाट

 

Skip This
Skip This
Logo