प्रिमियर स्कुलले जित्यो एकसाथ दुई उपाधि

प्रिमियर स्कुलले जित्यो एकसाथ दुई उपाधि

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलले नेपाल इन्टर स्कुल स्पोट्र्स एसोसिएसन (एनआइएसएसए) लिग फुटबल–२०२६ र १२औं जेभियर इन्टरनेसनल यू–१९ बास्केटबल टुर्नामेन्टमा शानदार प्रदर्शन गर्दै उपाधि जितेको छ ।

फुटबलमा पेनाल्टी सुटआउटमा जित निकाल्दै तथा बास्केटबलमा अपराजित रहँदै च्याम्पियन बनेर प्रिमियरले आफ्नो शैक्षिक तथा खेलकुद क्षमता एकैसाथ प्रमाणित गरेको हो । एनआइएसएसए लिग फुटबलमा प्रिमियर स्कुलको टोलीले प्रतियोगिताभर आक्रामक प्रदर्शन देखाएको थियो । सेमिफाइनलमा द ब्रिटिस स्कुललाई २–० ले पराजित गरेपछि फाइनलमा जेम्स स्कुलसँग १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा ५–४ को रोमाञ्चक जित हासिल गर्दै उपाधि उचालेको हो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका गोलकिपर रेजिश न्यौपानेले निर्णायक पेनाल्टी रोक्दै टोलीलाई उपाधि दिलाएका थिए । टोलीमा श्यामिर श्रेष्ठ, रेजिश न्यौपाने, श्याम श्रेष्ठ, निर्विक थापा, प्रवेश तामाङ, दृश्य रत्न शाक्य, निशाद सिटौला, इशान गौचन, रिशित मैनाली, तेन्जिङ दावो लामा, आर्यक कार्की, ओलिभर कार्की, आरजल अधिकारी, आरुष कार्की, संकल्प पोखरेल, अभिम रोका मगर, नोआ राय र अर्जु टी. राजभण्डारी रहेका थिए ।

त्यस्तै १२औं जेभियर इन्टरनेसनल यू–१९ बास्केटबल टुर्नामेन्टमा प्रिमियरले ६ खेलमा ६ जित हासिल गर्दै अपराजित च्याम्पियन बनेको छ । लिग चरणमा गोल्डेन गेट कलेजलाई ४६–४४, दिब्या कलेजलाई ७०–२१ र जेभियर बी’लाई ९१–१८ ले हराएको टोलीले क्वार्टरफाइनलमा टाइम्स कलेजलाई ५३–११, सेमिफाइनलमा जेभियर कलेजलाई ७३–६१ र फाइनलमा बिकेएसपी (बंगलादेश) लाई ६७–४३ ले पराजित गर्दै उपाधि उचालेको हो ।

टोलीमा दावा टी. लामा तामाङ, प्रणय मान श्रेष्ठ, प्रथम श्रेष्ठ, ज्योत्सन जोशी, आदम्य महर्जन, आश्विन चालिसे, सुप्रिम महर्जन, सयुग्य महत र काइ योशी प्रजापति रहेका थिए ।

यो दुई उपाधिले प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुललाई नेपालको शैक्षिक संस्थाहरूमध्ये खेलकुदमा अग्रणी बनाएको छ । फुटबल र बास्केटबल दुवै प्रतियोगितामा एकै सिजनमा च्याम्पियन बन्ने उपलब्धि दुर्लभ बनाएको छ ।

Skip This
Skip This
Logo