काठमाडौँ । निर्वाचन आयुक्त सगुनप्रसाद जबरालाई ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक’ सम्मान प्रदान गरिएको छ।
नेपाली सेनाले भूतपूर्व सैनिकहरूको योगदानको कदर गर्दै हरेक वर्ष एक जना पूर्वसैनिकलाई उक्त सम्मान प्रदान गर्दै आएको छ। यस वर्षको सम्मान घोडेजात्रा अवसरमा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले जबरालाई प्रदान गरेका हुन्।
करिब तीन दशक नेपाली सेनामा सेवा गरेका जबरा महासेनानी दर्जाबाट अवकाशप्राप्त अधिकारी हुन्।





























प्रतिक्रिया