आईपीएल : आज दिल्ली र मुम्बईबीच उपाधिका लागि प्रतिश्पर्धा हुँदै

आईपीएल : आज दिल्ली र मुम्बईबीच उपाधिका लागि प्रतिश्पर्धा हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिश्पर्धा हुने भएकाे छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । मुम्बई साविक विजेता हो भने दिल्ली पहिलो पटक फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो ।

पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ । मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ ।

दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा मैदान उत्रने मौका पाएका छैनन् । सन् २००८ बाट सुरु भएको आईपीएलको यो १३ औं संस्करण हो ।

Skip This
Skip This
Logo