काठमाडौं। नेपाली कांग्रसका सभापति गगन थापाले पदबाट राजिनामा दिएका छन् । हालै सम्पन्न निर्वाचनमा अप्रत्यासिह हार व्यहोर्नुपरेपछि थापाले नैतिक जिम्मेवारी लिदै पदबाट राजिनामा दिएका हुन् । थापाले राजिनामा उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएका छन् । उनको राजिनामा पार्टीमा स्वीकृत हुने नहुने औपचारिक निर्णय भने भईसकेको छैन। उनको राजीनामाबारे चैत्र ६ गते बोलाईएको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुनेछ । स्वीकृतीको अधिकार पनि केन्द्रीय समितिलाई रहेको छ ।
थापाको नेतृत्व हालै सम्पन्न विशेष महाधिवेशनबाट स्थापित भएको थियो । पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा आयोजित उक्त महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । तर, उक्त महाधिवेशनको वैधानिकतामाथि सुरुदेखि नै विवाद रहँदै आएको छ ।
तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए, जुन अहिले पनि विचाराधीन छ । रोचक पक्ष के भने, महाधिवेशनप्रति असहमति जनाउने नेताहरू नै पछि थापाकै नेतृत्वमा भएको निर्वाचन प्रक्रियामा सहभागी भएका थिए ।
विशेष महाधिवेशन बोलाउने प्रक्रियासमेत विवादरहित थिएन । तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी अधिवेशन आह्वान गरेका थिए । पार्टी विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको माग पुगेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
अब थापाको राजीनामाले कांग्रेसभित्र शक्ति सन्तुलन फेरि एकपटक तरंगित हुने देखिएको छ । केन्द्रीय कार्यसमितिको निर्णयले पार्टीको आगामी दिशा तय गर्नेछ ।





























प्रतिक्रिया