भद्रपुर। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ११ अर्ब ५८ करोड ६ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६.०६ प्रतिशत हो ।
कार्यालयका अनुसार फागुन मसान्तसम्म १२ अर्ब ५ करोड ५८ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । फागुन महिनामा मात्रै १ अर्ब ६५ करोड ८० लाख ४ हजार रुपैयाँ राजस्व उठेको छ, जुन मासिक लक्ष्यको ११०.२६ प्रतिशत हो ।
आठ महिनाको अवधिमा भन्सार महसुलतर्फ ४ अर्ब ८९ करोड ३३ लाख, निर्यात महसुलतर्फ २२ करोड १७ लाख, भन्सारसम्बन्धी अन्य आयतर्फ ६३ लाख ६४ हजार, निर्यात सेवा शुल्कतर्फ ६ लाख २९ हजार र कृषि सुधार शुल्कतर्फ १० करोड ९६ लाख रुपैयाँ सङ्कलन भएको छ ।
त्यस्तै, अन्तःशुल्क (आयात) शीर्षकमा २९ करोड ४२ लाख २४ हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ ३९ करोड २३ लाख ८४ हजार, पूर्वाधार करतर्फ १ अर्ब २२ करोड १२ लाख ८० हजार, स्वास्थ्य जोखिम करतर्फ १ लाख २१ हजार, मूल्य अभिवृद्धि कर (आयात) शीर्षकमा ४ अर्ब २० करोड १८ लाख ८७ हजार र हरित करतर्फ १३ करोड २३ लाख ५४ हजार रुपैयाँ राजस्व उठेको छ ।
कार्यालयले चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको छ ।





























प्रतिक्रिया