कतारको ग्यास प्लान्टमा इरानी मिसाइल आक्रमण,स्थिति तनावपूर्ण

कतारको ग्यास प्लान्टमा इरानी मिसाइल आक्रमण,स्थिति तनावपूर्ण

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। मध्यपूर्वमा इरान–इजरायलबीच बढ्दो तनावबीच इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गरेको छ । आक्रमणपछि मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी भए पनि कतारका सुरक्षा निकायले आगो नियन्त्रणमा लिएको र मानवीय क्षति नभएको जनाएको छ ।

यो आक्रमण इजरायल र अमेरिकाले इरानको साउथ पर्स ग्यास फिल्डमा गरेको आक्रमणको प्रतिकारस्वरूप भएको बताइएको छ । घटनापछि कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासित गरेको छ । कतार सरकारले यसलाई आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थिरतामाथि गम्भीर चुनौतीका रूपमा लिएको छ ।

रास लाफान क्षेत्र कतारको ऊर्जा केन्द्रका रूपमा परिचित छ, जहाँबाट विश्वको ठूलो हिस्सा एलएनजी आपूर्ति हुन्छ । यहाँ हुने अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आक्रमणपछि विश्वभर चिन्ता बढेको छ ।

यसैबीच, होर्मुज जलडमरु क्षेत्रमा जहाज आवागमन प्रभावित हुँदा कच्चा तेलको मूल्य बढेको छ । इरान, इजरायल र कतारसँग जोडिएको ऊर्जा पूर्वाधारमाथि आक्रमण र प्रतिआक्रमणको शृंखलाले क्षेत्रीय द्वन्द्व थप चर्किने संकेत देखिएको छ ।

Logo