संसद् सचिवालयले आज दिउँसो २ बजेका लागि बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले आज दिउँसो २ बजेका लागि बोलायो सर्वदलीय बैठक

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । संघीय संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने ६ दलहरूको बैठक बोलाएको छ ।

२१ फागुनपछिको निर्वाचनमार्फत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ । आज (बिहीबार) दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको जनाईएको छ ।

यसपटकको निर्वाचनमार्फत रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपामात्रै संसद्मा प्रतिनिधित्व गर्ने दल बनेका छन् ।

आजको संयुक्त बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्ने भएको छ ।

Logo