एनआरएनएद्वारा पश्चिम एशियामा रहेका नेपालीको राहतका लागि १ करोड रूपैयाँको कोष स्थापना

एनआरएनएद्वारा पश्चिम एशियामा रहेका नेपालीको राहतका लागि १ करोड रूपैयाँको कोष स्थापना

केन्द्रबिन्दु
3
Shares

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पश्चिम एशियामा रहेका नेपालीको सहयोगका लागि १ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय छ ।

१२औं महाधिवेशनबाट गठित कार्यसमिति बैठकले राहत काेष स्थापना गर्ने निर्णय गरेको एनआरएनएका अध्यक्ष डा.हेमराज शर्माले जानकारी दिए । उनले संघका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम १ करोड रुपैयाँ संकलन गर्ने जिकिर गरे । त्यो विशेष टास्क फोर्सको योजना अनुसार र पश्चिम एशियामा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गरिने उनकाे भनाइ छ।

साथै संघका पदाधिकारीहरूले कुनै पनि राजनीतिक दल तथा भ्रातृ सङ्गठनहरूमा आबद्ध नहुने प्रतिबद्धता जनाएका हुन् ।

अहिले संघमा करिब १ लाख ३० हजार सदस्य रहेका छन् । प्रत्येक सदस्यबाट करिब १ डलरङ्संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Skip This
Skip This
Logo