काठमाडौँ । भक्तपुरमा भएको लुटपाटको घटनामा संलग्न ४ जना प्रहरी फन्दामा परेका छन् ।
माघ ९ गतेको उक्त घटनामा संलग्न रहेको भन्दौ रामेछाप दोरोम्बाका भोजबहादुर थापा मगर, सिन्धुलीको मरिन–८ का ४० वर्षीय मिलन भनिने रत्नाबहादुर तामाङ, काभ्रेको धुलिखेल–१ का २६ वर्षीय विष्णु भनिने अमृत तामाङ र काभ्रेको घुलिखेल–१० का २७ वर्षीय सानुकान्छा ब्लोनलाई प्रहरीलेपक्राउ गरिएको हो ।
पक्राउ परेका मध्ये भोजबहादुर थापा मगर चोरी डकैती मुद्धामा यसअघि पनि जेल बसेका थिए । असल चरित्रको थुनुवा भन्दै उनी यसै वर्षको गणतन्त्र दिवसका दिन रिहा भएका थिए ।
प्रहरीले दिएको जानकारी अनुसार रामेछाप दोरम्बा–४ का २६ वर्षीय टोकल भनिने रोहितबहादुर थापा मगर, सिन्धुपाल्चोक, मेलम्चीका बाइबा भनिने दीर्घबहादुर तामाङ र सिन्धुलापाल्चोक घर भइ हाल ललितपुरको भैसिपाटी बस्दै आएका विनोद तामाङ अझै फरार छन् ।
पक्राउ परेकाहरुबाट प्रहरीले ६ तोला पगालेको सुनको डिक्का, बा ८३ प ३७७३ नम्बरको एफजेड मोटरसाइकल, एक थान मोबाइल बरामद गरेको छ ।
माघ ९ गते…
त्यो दिन बिहान करिब २ः३० बजे लामा बस्दै आएको घरको पर्खाल नाघेर चोरहरु कम्पाउण्डमा छिरेका थिए । लगत्तै मुख्य ढोकाको भेन्टिलेटरको सिसा फुटाएर हात छिराइ ढोकाको चुकुल खोलेर उनीहरु घरभित्र पसेका थिए ।
लुटेराले तामाङको परिवारलाई पेस्तोल देखाएर १० वटा मोबाइल, एक मोटरसाइकल, करिब १८ तोला सुन, नगद एक लाख ६२ हजार रुपैयाँ लुटेका थिए । घरका सबैलाई नियन्त्रणमा लिएर नगद, गहना, मोबाइल सबै लुटेका उनीहरुले भाग्ने बेला एउटा चोरले लामाको छोरालाई गालामा म्वाई खाएर गएका थिए । उनिहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुले सूर्यविनायक ८ गणेश चोकमा रहेको मनोहर बस्नेतको घरमा बस्दै आएका व्यवसायी रामबहादुुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेका थिए ।





























प्रतिक्रिया