रुपन्देहीमा ग्यास डिलरमाथि आकस्मिक अनुगमन

रुपन्देहीमा ग्यास डिलरमाथि आकस्मिक अनुगमन

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । रूपन्देहीमा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भएको गुनासो बढेपछि प्रशासनले विभिन्न ग्यास डिलर तथा बिक्री केन्द्रहरूमा अनुगमन तीव्र पारेको छ।

इलाका प्रशासन कार्यालय बुटवलको संयोजनमा सुरक्षाकर्मी, ग्यास विक्रेता संघ तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरूको उपस्थितिमा आकस्मिक निरीक्षण गरिएको हो।

अनुगमनका क्रममा केही डिलरहरूले गोदाममा ग्यास सिलिन्डर राखेर ग्राहकलाई उपलब्ध छैन भन्दै फिर्ता पठाउने गरेको पाइएको छ।

कार्यालयका अनुसार दुई दिनसम्म सञ्चालन गरिएको संयुक्त अनुगमनमा दुई दर्जनभन्दा बढी डिलर तथा बिक्री केन्द्रहरू समेटिएका थिए। सो क्रममा करिब एक हजारभन्दा बढी ग्यास भरिएका सिलिन्डर लुकाइएका अवस्थामा भेटिएको जनाइएको छ।

केही बिक्री केन्द्रहरूमा भने भरिएका सिलिन्डर उपलब्ध नभएको पनि अनुगमन टोलीले उल्लेख गरेको छ।

Skip This
Skip This
Logo