विशेष अदालतले पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा विशेषमा उपस्थित दुईजनाको निवेदनमाथि आदेश गरेको छ। एकजनालाई धरौटीमा राख्ने र अर्कालाई साधारण तारेखमा राख्ने आदेश भएको छ।
बिहीबार रतिशचन्द्र लाल सुमन र हरिबहादु खड्का उपस्थित भएका थिए। अदालतका अनुसार सुमनसँग पाँच लाख रुपैयाँ धरौटी मागको आदेश भएको छ भने खड्कालाई साधारण तारेख दिइएको छ।
उनीहरुको निवेदनमाथि विशेषका सदस्यहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सुनुवाइ गरेको हो।





























प्रतिक्रिया