काठमाडौं
केन्द्रमा नयाँ सरकार गठन पछि मात्रै एमाले–माओवादी केन्द्र एकता टुंगिने भएको छ । माओवादीले पार्टी एकता पहिले टुंग्याएर सरकार गठन गर्नु पर्ने प्रस्ताव अघि सारे पनि एकीकृत पार्टीको नेतृत्व, कार्यदिशा लगायत विषय निष्कर्षमा नपुग्दा एकता प्रक्रिया पछि धकेलिएको हो ।
नयाँ सरकार निर्माण, राष्ट्रपति, सभामुख लगायत चुनाव सकेर मात्रै यो विषयमा निर्णायक छलफल हुने माओवादी वरिष्ठ नेता तथा पार्टी एकता संयोजन समिति सदस्य राम बहादुर थापा (बादल) ले बताएका छन् । हाम्रो चाहना नयाँ सरकार गठन अघि नै पार्टी एकता गर्ने गरी जानु पर्छ भन्ने थियो तर अहिले सरकार गठन अघि एकता प्रक्रिया निष्कर्षमा पुग्ने देखिएन’, नेता थापाले माओवादीका प्रदेश ३ का सांसदलाई बुधबार पेरिसडाँडामा प्रशिक्षण दिँदै भने, ‘अब सरकार गठन प्रक्रियाले पूर्णता पाए पछि मात्रै पार्टी एकताको विषय निष्कर्षमा पुग्छ ।
पार्टी एकता धकेलिने भए पछि राष्ट्रपति, सभामुख देखि सबैमा दुई पार्टीले सिट संख्याका आधारमा दलीय भागबन्डा लगाउने भएका छन् । माओवादी नेता थापाले सबै पद दुई पार्टी बीच सहमतिका आधारमा टुंग्याउने र लगत्तै पार्टी एकताको निर्णायक वार्ता हुने बताएको माओवादी केन्द्रका नेता कुमार पौडेलले जानकारी दिए ।
अन्नपूर्णबाट































प्रतिक्रिया