काठमाडौं
नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय बैठक (आइक्याप) को २९ औं स्थायी कमीटीको बैठक र शिल्करोड सम्बन्धी सम्मेलनमा भाग लिन इरानको राजधानी तेहेरान प्रस्थान गरेका छन् । "/>

ओलीको सन्देश बोकेर खनाल इरान प्रस्थान

ओलीको सन्देश बोकेर खनाल इरान प्रस्थान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय बैठक (आइक्याप) को २९ औं स्थायी कमीटीको बैठक र शिल्करोड सम्बन्धी सम्मेलनमा भाग लिन इरानको राजधानी तेहेरान प्रस्थान गरेका छन् ।

खनालले उक्त कार्यक्रममा बिशेष बक्ताको रुपमा सम्बोधन गर्नेछन् । उक्त सम्मेलनमा एसिया, यूरोप, अफ्रिका लगायतका २४ मुलुकका ३८ नेता प्रतिनिधीको रुपमा सहभागी हुनेछन् । त्यहाँ रहँदा खनालको बिभिन्न देशका नेता र इरानी सरकारको मेतालेफेह पार्टीका नेतासँग दुई पक्षीय भेटवार्ता हुने खनालको निजी सचिवालयले जनाएको छ ।

बैठकमा पूर्व प्रधानमन्त्री खनालका सहयोगीको रुपमा बिश्व प्रजातन्त्रिक युवा सघंका पूर्व उपाध्यक्ष योगेन्द्र शाही गएका छन् । इरान जानु अघि खनालले आगामी दिनमा आइक्यापको बैठक, सम्मेलन नेपालमा गर्ने सम्भाबनाको बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । खनाल भावी प्रधानमन्त्री ओलीको सन्देश लिएर इरान प्रस्थान गरेको स्वकीय सचिव कृष्ण खनालले जानकारी दिए ।
नागरिकबाट

Skip This
Skip This
Logo