सुर्खेत
प्रदेशसभाको पहिलो अधिवेशन नजिकिँदै जाँदा ६ नम्वर प्रदेशको अस्थायी राजधानी सुर्खेतमा तयारी भने सुस्त देखिएको छ । प्रदेशसभाको पहिलो अधिवेशनका लागि अस्थायी केन्द्र तोकिएको सिंचाई विभाग डिभिजनको भवनमा बुधबार देखि सजावटको काम सुरु गरिएको छ । ६ नम्वर प्रदेशको प्रदेश अधिवेशन आगामी आइतबार १ बजेका लागि तोकिएको छ ।
‘हतार हतारमा हामीले काम गरिराखेका छौं’ डिभिजन सडक कार्यालयका इन्जिनियर झंक थापाले भने, ‘२० गते सम्म रंग रोगन र सजावटको काम सम्पन्न गछौं ।’ थापाका अनुसार बिहीबार सम्म रंगरोगनको काम सकेर शुक्रबार देखि कार्पेटिङको काम सुरु गर्ने तयारी छ । उनले अपेक्षा अनुसार काम नभएको भन्दै जनशक्ति थपेर भए पनि शनिबार सम्म सम्पन्न गरिने बताए । ‘हाललाई सिंचाई विभाग डिभिजनको हलमै प्रयोग गरिएका कुर्सी र टेवुल मर्मत गरेर माननीयहरुका लागि बस्ने व्यवस्था मिलाउँछौं’ उनले भने, ‘हतार–हतारमा काम गर्नु पर्ने भएकाले नयाँ व्यवस्था गर्न सकिएन।’
एक सय जना क्षमताको हलमा प्रदेशसभाका ४० जना सांसद सहित ८० जना बस्न मिल्ने गरेर डिजाइन गरिएको छ । सभामुख, सत्तापक्ष, प्रतिपक्ष, कर्मचारी, पत्रकार, दर्शक, मर्यादापालकका लागि एउटै हलमा छुट्टाछुट्टै व्यवस्था मिलाइएको छ ।
नागरिकबाट





























प्रतिक्रिया