कर्णालीबाट ३८ हजारभन्दा बढी विद्यार्थी (एसइई) मा सहभागी हुने

कर्णालीबाट ३८ हजारभन्दा बढी विद्यार्थी (एसइई) मा सहभागी हुने

केन्द्रबिन्दु
9
Shares

कर्णाली। कर्णाली प्रदेशबाट ३८ हजारभन्दा बढी विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने भएका छन्। चैत १९ गतेदेखि सुरु हुने परीक्षामा कर्णालीका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट विद्यार्थीहरू सहभागी हुनेछन्।

शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार यस वर्ष नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ ६ हजार १२४ गरी कुल ३८ हजार ३७९ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

सबैभन्दा बढी विद्यार्थी सुर्खेतबाट ९ हजार ७७९ र सबैभन्दा कम डोल्पाबाट ६७४ रहेका छन्। अन्य जिल्लामध्ये दैलेखबाट ६ हजार २५३, जाजरकोटबाट ४ हजार ८१३, सल्यानबाट ४ हजार १४२, रुकुमपश्चिमबाट ३ हजार ९२२, कालीकोटबाट ३ हजार ७१७, जुम्लाबाट २ हजार २५५, मुगुबाट १ हजार ५२४ र हुम्लाबाट १ हजार ३०० विद्यार्थी सहभागी हुनेछन्।

निर्देशनालयका अनुसार सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा ९, हुम्लामा ७ र डोल्पामा ४ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा तयारी पूरा भएको र निर्धारित मितिबाट परीक्षा सञ्चालन गरिने जनाइएको छ।

Logo