नयाँ चलचित्रका लागि अडिसन आह्वान, चलचित्र र निर्देशकको नाम गोप्य

नयाँ चलचित्रका लागि अडिसन आह्वान, चलचित्र र निर्देशकको नाम गोप्य

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । ‘मुनलाईट मोसन पिक्चर्स’को ब्यानरमा निर्माण हुन लागेको एक नयाँ नेपाली चलचित्रका लागि प्रतिभाको खोजी सुरु गरिएको छ।

आगामी असारको पहिलो हप्ताबाट छायाङ्कनमा जाने तयारीमा रहेको यस प्रोजेक्टका लागि मुख्य तथा विभिन्न चरित्रका कलाकारहरूको आवश्यकता परेको भन्दै निर्माण पक्षले अडिसन तथा कास्टिङ कल खुला गरेको हो। चलचित्रको नाम र निर्देशकको भने हाल सार्वजनिक गरिएको छैन।

निर्माण पक्षले जारी गरेको पोस्टर अनुसार यस चलचित्रका लागि १८ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३६ देखि ५० वर्ष उमेर समूहका प्रतिभाशाली अभिनेता तथा अभिनेत्रीहरूको खोजी भइरहेको छ। इच्छुक नवोदित तथा अनुभवी कलाकारहरूले आगामी चैत्र १२ गतेदेखि १४ गतेसम्म हुने अडिसनमा सहभागी हुन सक्नेछन्।

काठमाडौंको भत्केको पुलस्थित कठघरा स्टुडियोमा अडिसन सञ्चालन हुनेछ। तर, अडिसनमा सहभागी हुन चाहनेले अनिवार्य रूपमा सम्पर्क नम्बर ९८०८३८४९७४ मा फोन गरेर पूर्व-दर्ता गराउनुपर्ने नियम लागू गरिएको छ। फोन मार्फत दर्ता प्रक्रिया पूरा गरेपछि मात्र अडिसन दिन पाइने पोस्टरमा स्पष्ट पारिएको छ।

यस चलचित्रको अर्को रोचक पक्ष भनेको यसको निर्देशन कसले गर्दैछ भन्ने कुरालाई पूर्ण रूपमा लुकाइएको छ। निर्माता पक्षले निर्देशकको नाम अहिले नै नखुलाए पनि नेपाली चलचित्र उद्योगकै एक प्रतिष्ठित र स्थापित निर्देशकले यस प्रोजेक्टको कमान्ड सम्हाल्ने दाबी गरेको छ। हाललाई निर्माताको रूपमा पोस्टरमा उल्लेखित कम्पनी ‘मुनलाईट मोसन पिक्चर्स’ मात्र प्रस्तुत भएको छ भने अन्य व्यक्तिगत निर्माता वा टिमका सदस्यहरूको नाम समेत गोप्य नै राखिएको छ।

Skip This
Skip This
Logo