चुनावमा पार्टीलाई अन्तर्घात गर्नेलाई कारबाही हुन्छ : प्रचण्ड

चुनावमा पार्टीलाई अन्तर्घात गर्नेलाई कारबाही हुन्छ : प्रचण्ड

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनमा करिब ७ लाख मत घटेपछि नेकपाभित्र हलचल मच्चिएको छ । अपेक्षाभन्दा कमजोर नतिजा आएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आक्रामक बनेका छन् र जिम्मेवारमाथि कारबाहीको चेतावनी दिएका छन्।

पार्टीभित्रैबाट अन्य दल, विशेषगरी ‘घन्टी’ चिन्हमा भोट गएको रिपोर्ट आएको भन्दै प्रचण्डले यसलाई गम्भीर विश्वासघातको रूपमा लिएका छन्। उनले सबै निर्वाचन क्षेत्रबाट ठोस विवरण माग गर्दै दोषी पहिचानपछि केन्द्रीय तहबाटै कारबाही सुरु गर्ने संकेत गरेका छन्। केन्द्रिय कार्यालय पेरिसडाँडामा पार्टीका नेता कार्यकर्ताहरुसंगको कुराकानीमा उनले सो कुरा बताएको नेकपाले जनाएको छ ।

निर्वाचनअघि विभिन्न घटकबीचको एकताले मत बढ्ने आँकलन गरिएको थियो। तर परिणाम उल्टो आएर पार्टी चौथो स्थानमा खुम्चिएपछि नेतृत्वमाथि नै प्रश्न उठ्न थालेको छ ।

प्रचण्डले संगठन, पैसा र विकास मात्रले चुनाव जित्न नसकिने भन्दै विचार र राजनीतिक संघर्ष कमजोर भएको स्वीकारेका छन्। साथै, नयाँ दलको उदय र बदलिएको जनमतले पनि परिणाममा असर पारेको उनको भनाइ छ।

अब पार्टीभित्र व्यापक पुनर्गठन, अनुशासन कडाइ र रणनीति परिवर्तन अपरिहार्य बनेको नेताहरूले बताएका छन्। आगामी महाधिवेशनमार्फत नयाँ दिशा तय गर्ने तयारी भइरहेको छ।

Skip This
Skip This
Logo