हाम्रो देशको राजधानी ट्राफिक जामबाट अछुतो छैन्, तर विश्वका केही यस्ता सडकहरु छन् जहाँ काठमाडौँको भन्दा धेरै जाम हुन्छ । ट्राफिक जाम मात्र होईन् ती सडकहरु साँच्चिकै भयानक नै छन् । वार्षिक हजारौँ मानिस अव्यवस्थित यातायात प्रणालीकै कारणले मृत्युको मुखमा पुग्ने गरेका छन् ।
१. बोलिभिया

बोलीभियाका केही सडकहरु यति खतरनाक छन् कि त्यहाँ सवारी चलाउनु मृत्युको मुखमा जानु सरह मानिन्छ । त्यहाँका सडकमा दैनिक दुर्घटना हुने गरेको छ ।
२. नैरोबी , केन्या

केन्यामा चल्ने गरेको मिनी बसलाई मातातु भनिन्छ । मातातु चलाउने चालकहरु आफ्नो खराब सवारी चालनका लागि कुख्यात छन् । त्यसकारण त्यहाँ दैनिक कुनै न कुनै दुर्घटना घट्ने गरेको छ ।
३. लिमा, पेरु

पेरुको सार्वजानिक यातायात प्रणालीलाई सबैभन्दा खराब मानिन्छ । त्यहाँका अधिकांश मानिसहरु सार्वजानिक यातायातबाटै यात्रा गर्ने भएकाले अत्याधिक भीडभाड हुने गरेको छ । यसका साथै त्यहाँका चालकहरु समेत लापरवाहीपूर्वक गाडी चलाउने गर्छन् ।
४. पाकिस्तान

पाकिस्तानमा कुद्ने रेल यति भयानक अवस्थामा पुगिसकेको छ कि रेलको बाटो भत्किएर मानिसहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । त्यहाँका रेलहरुमा कुनै व्यवस्था छैन ।
५. साउ पौलो, ब्राजील

ब्राजीलको साउ पौलो क्षेत्रमा कुनै कुनै दिन यति जाम हुन्छ कि मानिसहरु यात्रा गर्न विमानको प्रयोग गर्ने गर्छन् ।
६. मनिला, फिलीपीन्स

फिलीपीन्सको राजधानी मनिलामा चल्ने गरेको जीपनीसले बाटोमा धेरै जाम गराउने गर्छ । फिलीपीन्समा यस्ता जीपनीसमा यात्रा गर्न धेरै सकस गर्नुपर्छ । तरपनि यस सवारीको सङ्ख्या बढ्दै गइरहेको छ भने ट्राफिक जाम पनि लामो र समस्याजनक बन्दै गइरहेको छ ।
७. जोहान्सवर्ग, दक्षिण अफ्रिका

जोहान्सबर्गमा ६५ प्रतिशत मानिसहरु मिनी ट्याक्सीमा यात्रा गर्ने गर्छन् । त्यसकारण त्यहाँका प्राय सबै सडकमा ट्याक्सीको मात्र भीड देखा पर्छ र यसले दुर्घटनाहरु पनि बढाइरहेको छ ।
८ . भारतको मुम्बई र दिल्ली

मुम्बईका मानिसहरु मुख्यगरी ट्रेनबाट यात्रा गर्ने गर्छन् । त्यहाँको लोकल ट्रेन यति भीड हुन्छ कि मानिसहरुले खुट्टा राख्ने ठाउँ समेत पाउँदैनन् । यी ट्रेनमा दैनिक ७५ लाख मानिसहरुले यात्रा गर्ने गर्छन् । त्यस्तै भारतको राजधानी दिल्ली पनि खराब ट्राफिक व्यवस्थाका लागि कुख्यात छ । त्यहाँका मानिसहरु मेट्रो ट्रेनबाट यात्रा गर्ने भएपनि सडकको भीड कहिल्यै कम हुँदैन । सडकमा ट्रेनमा, बाटोमा जताततै भरिभराउ भएकाले मानिसहरुलाई धेरै समस्या पर्ने गरेको छ ।





























प्रतिक्रिया