काठमाडौं। अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ स्थित कालढुंगा–दाउने सडक अवरुद्ध भएको छ ।
वर्षासँगै रोशी खोलाको पानी बढेपछि सडकमा क्षति पुग्दा यातायात बन्द भएको प्रहरीले जनाएको छ ।
सडक बन्द भएपछि सिन्धुलीको दुम्जा प्रहरी चौकी क्षेत्रमा करिब २५–३० वटा र जिल्ला प्रहरी कार्यालय नजिक १२–१३ वटा सवारीसाधन रोकिएका छन् ।
सडक खुलाउने काम सुरु भइसकेको छ भने पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने बताइएको छ ।































प्रतिक्रिया