मध्यरातमा कुलमानले गरे १४ सदस्यीय उज्यालो सचिवालय गठन

मध्यरातमा कुलमानले गरे १४ सदस्यीय उज्यालो सचिवालय गठन

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। उज्यालो नेपाल पार्टीले १४ सदस्यीय सचिवालय गठन गरेको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय गठन गरेको हो ।

पार्टीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हाल ९ जनाको मात्रै टुंगो लगाइएको छ । अध्यक्षमा कुलमान घिसिङ, वरिष्ठ नेतामा अनुप कुमार उपाध्याय, उपाध्यक्षमा प्रा. डा. महेन्द्र लावती, महासचिवमा धर्मबहादुर चौधरी चयन भएका छन् ।

त्यसैगरी सचिवहरूमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का तथा कोषाध्यक्षमा भगवती कक्षपतिलाई चयन गरिएको छ । प्रवक्तामा श्री गुरुङ, सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्यसचिवमा राजु थापा रहेका छन् ।

अहिले एक उपाध्यक्ष, दुई उपमहासचिव र तीन सचिव पद खाली रहेका छन् । मुख्यसचिव र प्रवक्ता विधानमा उल्लेख नभए पनि संगठनात्मक रूपमा समावेश गरिएको बताइएको छ ।

सचिवालय गठनमा पार्टीका उज्यालो अभियानसँग जोडिएका केही सदस्यहरू भने समेटिएका छैनन् । अन्य पदहरूमा नियुक्ति क्रमशः गरिने जनाइएको छ ।

Logo