अमेरिकाले हटायो इरानी तेलमाथिको प्रतिबन्ध

अमेरिकाले हटायो इरानी तेलमाथिको प्रतिबन्ध

केन्द्रबिन्दु
27
Shares

वासिङ्टन डीसी। ऊर्जा आपूर्तिमा देखिएको दबाब कम गर्न अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार यस कदमबाट करिब १४ करोड ब्यारेल तेल विश्व बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ । विश्व बजारमा तेलको मूल्य नियन्त्रणमा राख्न यस्तो निर्णय गरिएको बताइएको छ ।

मध्यपूर्वमा जारी तनाव र समुद्री मार्गमार्फत ढुवानीमा देखिएको कठिनाइका कारण तेल आपूर्तिमा समस्या बढेपछि यो निर्णय गरिएको हो । रणनीतिक भण्डारबाट समेत तेल बजारमा ल्याउने लगायतका उपायहरू अपनाइए पनि मूल्य स्थिर हुन सकेको छैन ।

यस निर्णयपछि समुद्रमा रहेका इरानी तेल जहाजहरूबाट अस्थायी रूपमा आपूर्ति सहज हुने र अभाव झेलिरहेका देशहरूले खरिद गर्न सक्ने बताइएको छ ।

Skip This
Skip This
Logo