काठमाडौँ। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । मधेश प्रदेशमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुँदैछन् ।
जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा कोशी प्रदेश र मधेश प्रदेशबीच उद्घाटन खेल सुरु भएको हो। खेलमा कोशीको कप्तानी सुजन थपलियाले र मधेशको कप्तानी अनिलकुमार साहले गर्नेछन् ।
त्यसैगरी वीरगञ्जस्थित नारायणी रंगशालामा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच अर्को खेल हुनेछ।
प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।





























प्रतिक्रिया