गौशाला ।
महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा मंगलबार पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने रामसेवक भण्डारीकी पत्नी ६० वर्षीया शान्तिदेवी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताउनुभएको छ ।
शारीरिक रुपमा अपाङ्ग रहेकी भण्डारी शौचका लागि वनमा गएको र एकडारा–२ मै अवस्थित पोखरीमा सरसफाइका लागि गएको बेला उनको पोखरीमा चिप्लँदा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।
मृतक महिलाको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।
यता सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ ।
स १ त ५१३७ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर पल्ँिटदा मण्डलको मृत्यु भएको प्रहरीको भनाइ छ । रासस





























प्रतिक्रिया