पहिलो पटक तपाईले यो कुरा सुन्दै हुनुहुन्छ भने, तपाईलाई पत्यार नलाग्ला तर यो सत्य हो । एक यस्तो जोडी छ, उनिहरु दुबैको तौल जोड्ने हो भने ६ सय किलो हुन्छ । "/>

यो हो संसारकै सबैभन्दा मोटा मान्छेको जोडी

यो हो संसारकै सबैभन्दा मोटा मान्छेको जोडी

केन्द्रबिन्दु
0
Shares

पहिलो पटक तपाईले यो कुरा सुन्दै हुनुहुन्छ भने, तपाईलाई पत्यार नलाग्ला तर यो सत्य हो । एक यस्तो जोडी छ, उनिहरु दुबैको तौल जोड्ने हो भने ६ सय किलो हुन्छ । १० वर्ष अघि एक तौल घटाउने क्लिनिकमा भेटेका ४२ वर्षि ली र ३९ वर्षिय रेना अहिले सँगै बस्छन् ।

अमेरिकाको मिसोरीमा बस्ने यो विवाहित जोडीले क्लिनिकमा भएको भेटपछि दुबैले एकअर्कालाई प्रेम गर्न थाले । त्यही प्रेमको चक्करमा दुवैले तौल घटाउने कार्यक्रमलाई बीचैमा स्थगित गरिदिए जुन उनीहरुको जीवनकै सबैभन्दा ठूलो भूल साबित भएको अहिले यी जोडी महसुस गर्छन् ।

हेर्दा हेर्दै उनीहरुको तौल यति धेरै बढ्यो कि ली ३२४ केजी र रैना २४६ केजीकी भइन् । यस कारणले उनीहरुलाई अहिले उठ्नबस्न नै समस्या भएको छ । दुबैको मोटोपन अहिले ज्यानकै लागि खतरा बनिसकेको छ । दुबैको हेरचाह हाल लीकी बहिनीले गर्छिन् ।

मोटोपनका लागि सर्जरी गर्न पनि यी जोडीको ज्यानको लागि खतरा छ ।

Skip This
Skip This
Logo