लुम्बिनी। लुम्बिनीमा सम्पन्न तेस्रो शान्ति म्याराथनमा त्रिभुवन आर्मी क्लबका विनोद रोकाय पहिलो भएका छन्। उनले ४२ किमी दूरी २ घण्टा १७ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्।
प्रतियोगितामा दोस्रो र तेस्रो स्थान पनि आर्मीले नै कब्जा गर्यो। शुशिल कुमार शाही दोस्रो र नरेन्द्र सिंह राउत तेस्रो भए। विदेशी धावकतर्फ चीनका वाङ ची चौथो र केन्याका जुलियस वाहम पाँचौं स्थानमा रहे।
हाफ म्याराथन (२१ किमी) तर्फ पनि आर्मीकै खेलाडीहरू अगाडि देखिए। पुर्ण लक्ष्मी न्यौपाने पहिलो, सन्तोषी श्रेष्ठ दोस्रो र निशा सार्की तेस्रो भइन्।
विजेताले ३ लाख ५० हजार, दोस्रोले २ लाख ५० हजार र तेस्रोले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए।
प्रतियोगिता नेपाल ओलम्पिक कमिटीको आयोजनामा विभिन्न निकायको सहकार्यमा सम्पन्न भएको हो।





























प्रतिक्रिया