काठमाडौं। प्रतिनिधिसभा निर्वाचन २०८२ का क्रममा बालअधिकार उल्लङ्घनका ३५० घटना भएको अध्ययनले देखाएको छ। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले विभिन्न स्रोतबाट संकलित तथ्यका आधारमा यो तथ्यांक सार्वजनिक गरेको हो।
प्रतिवेदनअनुसार अधिकांश घटना निर्वाचनअघि भएका छन्। प्रचारका क्रममा बालबालिकालाई जुलुस, नाराबाजी, झण्डा बोक्ने, नाचगान गर्ने र सामाजिक सञ्जालमा राजनीतिक सन्देश फैलाउन प्रयोग गरिएको पाइयो।
केही गम्भीर घटनामा बालबालिका दुर्घटना र विस्फोटमा घाइतेसमेत भएका थिए। विद्यालय परिसरमा राजनीतिक गतिविधि र सुरक्षाकर्मीको प्रवेशले पनि समस्या देखिएको उल्लेख छ।
अध्ययनले यस्ता गतिविधि निर्वाचन आचारसंहिताविपरीत भएको निष्कर्ष निकालेको छ। बालबालिकाको प्रयोग रोक्न कडा कानुनी व्यवस्था र सबै पक्षको जिम्मेवारी आवश्यक रहेको सुझाव दिइएको छ।
निर्वाचन आयोगले केही घटनामा कारबाही पनि गरेको छ। यसपटक विगतको तुलनामा दुरुपयोग केही कम भए पनि सुधार गर्न अझ धेरै काम बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।































प्रतिक्रिया