प्रदेश सरकारको प्राथमिकतामा फाप्ला रंगशाला निर्माण

प्रदेश सरकारको प्राथमिकतामा फाप्ला रंगशाला निर्माण

केन्द्रबिन्दु
9
Shares

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले परियोजनालाई ‘गेमचेञ्जर’ भन्दै आवश्यक बजेटका लागि संघीय सरकारसँग पनि पहल गर्ने बताएका छन्।

रंगशालाको डीपीआर र वातावरणीय अध्ययन सकिएको छ भने पहिलो चरणका लागि करिब ११ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

यसैबीच, प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोलीको जर्सी सार्वजनिक गरिएको छ। कप्तान शेर मल्लसहितको टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछ।

Logo