गुल्मपतिमाथि हातपात प्रकरणः कमाण्डर सहितका कर्मचारी तानिए हेडक्वार्टर

गुल्मपतिमाथि हातपात प्रकरणः कमाण्डर सहितका कर्मचारी तानिए हेडक्वार्टर

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई हेडक्वार्टर तानिएको छ।

चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइएको सामान जफत गरिएको विषयलाई लिएर स्थानीय व्यापारीको समूह अनधिकृत रूपमा सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरी गुल्मपतिमाथि हातपात भएको घटनापछि काठमाडौंस्थित हेडक्वार्टर झिकाइएको हो।

यसअघि सो घटनाको विषयमा छानबिन गर्न सशस्त्र प्रहरीको बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ४३ नम्बर रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । कार्यालयभित्र छिरेर कमाण्डरमाथि हातपातको प्रयास हुँदा समेत के कति कारणले बल प्रयोग नभएको भन्ने विषयमा हेडक्वार्टरले गम्भीर रुपमा छानविन गर्ने बताइएको छ ।

Logo