जनमत अनुसार देश निर्माणमा जुट्न राष्ट्रपतिको आग्रह

जनमत अनुसार देश निर्माणमा जुट्न राष्ट्रपतिको आग्रह

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जनताले निर्वाचनमार्फत दिएको जिम्मेवारी पूरा गर्दै देश निर्माणमा लाग्न सबै पक्षलाई आग्रह गरेका छन्।

मधेसी आयोग स्थापना दिवसका अवसरमा बोल्दै उनले नागरिक स्वतन्त्रता र अधिकारका आन्दोलनमा मधेसी समुदायको महत्वपूर्ण योगदान रहेको बताए।

उनले स्वतन्त्रता, समानता, सामाजिक न्याय र समृद्धि हासिल गर्न जनचाहनालाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। साथै, मधेसी समुदायको भूमिका र योगदानको प्रशंसा गरे।

कार्यक्रममा अन्य वक्ताहरूले पनि भाषा, संस्कृति र अधिकार संरक्षणमा थप काम गर्नुपर्ने आवश्यकता औँल्याए।

Logo