महेन्द्रनगर। कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको भौतिक प्रगति ४.५ प्रतिशत पुगेको छ। सन् २०२५ डिसेम्बर २४ देखि काम सुरु भएको हो।
नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार अहिले माटो फिलिङ, पर्खाल र आवास निर्माण, साथै मलेरिया नालामा पुलको जग हाल्ने काम भइरहेको छ। आर्थिक प्रगति भने ३.५ प्रतिशत मात्रै छ।
रु दुई अर्ब ३७ करोड भारतीय रुपैयाँ लागतको यो आयोजना ३० महिनाभित्र सक्ने लक्ष्य राखिएको छ। बन्दरगाहका लागि आवश्यक क्षेत्र खाली गर्न यसअघि १,७०५ रुख कटान गरिएको थियो।
४२.३६ हेक्टर क्षेत्रफलमा गोदाम, क्वारेन्टाइन, भन्सार, इमिग्रेसन र सुरक्षा भवन निर्माण हुनेछन्। अधिकांश निर्माण सामग्री नेपालकै प्रयोग भइरहेको छ भने केही सामग्री भारतबाट आयात गरिएको छ।
लामो समय जग्गा समस्याले रोकिएको आयोजना अहिले अघि बढेको छ। भारततर्फबाट बन्दरगाह जोड्ने सडक निर्माण पनि जारी छ।































प्रतिक्रिया