गृहमन्त्री-प्रधानसेनापति भेट: सुरक्षा अवस्था र सेनामाथि उठेका प्रश्नमा छलफल

गृहमन्त्री-प्रधानसेनापति भेट: सुरक्षा अवस्था र सेनामाथि उठेका प्रश्नमा छलफल

केन्द्रबिन्दु
39
Shares

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानसेनापति अशोकराज सिग्देलबीच आइतबार बिहान भेटवार्ता भएको छ। करिब एक घण्टा चलेको भेटमा देशको पछिल्लो शान्ति–सुरक्षा अवस्थाबारे कुराकानी भएको छ।

जेनजी आन्दोलनपछि बनेको छानबिन आयोग र राष्ट्रिय मानवअधिकार आयोगले सेनाको भूमिकामाथि प्रश्न उठाएपछि भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सो घटनापछि सैनिक मुख्यालयले केही सैनिक अधिकारीमाथि कारबाही गरिसकेको छ।

मानवअधिकार आयोगले प्रधानसेनापतिसमेतलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको छ। यससँगै सामाजिक सञ्जालमा सेनाको भूमिकाबारे विभिन्न आरोप र टिप्पणी बढिरहेका छन्।

यही सन्दर्भमा प्रधानसेनापति सिग्देलले सेनालाई विवादमा तान्ने सामग्री नियन्त्रण गर्न गृहमन्त्रीसँग चासो राखेको स्रोतको भनाइ छ।

Skip This
Skip This
Logo