कतारमा हेलिकोप्टर दुर्घटना: ६ जनाको ज्यान गयो,एक जना बेपत्ता

कतारमा हेलिकोप्टर दुर्घटना: ६ जनाको ज्यान गयो,एक जना बेपत्ता

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। कतारको समुद्री क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

कतारको गृह मन्त्रालयका अनुसार दुर्घटनामा परेका ७ जनामध्ये ६ जनाको शव समुद्रमा फेला परेको हो। बेपत्ता एक जनाको खोजी कार्य जारी रहेको छ।

उद्धार टोलीले घटनास्थलमा खोजी अभियान तीव्र पारेको छ। रक्षा मन्त्रालयका अनुसार दुर्घटना प्राविधिक गडबडीका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ।

मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।

Logo